सरकारको अभियानलाई पूरा गराउन सहयोगी बन्न पार्टीको तर्फबाट मन्त्री भएकालाई प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहालको निर्देशन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताउनुभएको छ।शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको बैठकमा बताउनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारले अघि बढाएका राम्रो कामको सन्देश जनतामा पुर्याउन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा बोल्नुभएको कुरालाई उद्धृत गर्दै प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘सम्मानीय प्रधानमन्त्रीज्यूले हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको जो अभियान सुरु गरेका छौं, यसलाई अगाडि बढाउनका लागि अझ दृढताका साथ लैजानुपर्ने हुन्छ।

यो बारेमा २४ गते जुनजुन विषयवस्तु सदनमा राख्नुभएको थियो त्यो विषयवस्तुकै उहाँले यहाँ व्याख्या गर्नुभयो।

अहिलेको लागि हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको जुन अभियान सुरु गरेका छौं।यसका लागि यो नै टिम सही हुन्छ भन्ने लागेर यसरी पुनर्गठन गरेको हो भनेर भन्नुभयो ।’’

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
2 km/h
आइत
17 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ