Ad imageAd image

हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता

राष्ट्रिय समाचार समिति(रासस)
3 मिनेटमा पढ्न सकिने

सोलुखुम्बु । सात दिन लगाएर सगरमाथा आधार शिविर पुगेका महिलाले हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियानका क्रममा सगरमाथा आधार शिविर पुगेर महिलाले यस्तो प्रतिबद्धता जनाएका हुन् । साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले वातावरणको शत्रु नै प्लास्टिक भएकाले यसको प्रयोग कम गर्न सकियो भने मात्रै पनि धेरै हदसम्म वातावरण प्रदूषण कम हुने बताउनुभयो ।

“प्लास्टिकका सामग्रीको प्रयोगलाई कम गरौँ र प्रयोग गर्न मिल्ने सामग्रीको पुनःप्रयोग गरौँ, हामी महिला कुनै चाडपर्व, मेला महोत्सवमा जाँदा धेरै कपडा खरिद गर्छौ, धेरै शृङ्गारका सामान किन्छौँ अनि त्यो सामग्री एकपटक चलाएपछि यतिकै फाल्छौँ”, अध्यक्ष कार्कीले भन्नुभयो, “पलास्टिकले वातावरण प्रदूषण मात्र गरेको हुँदैन । जलवायु परिवर्तनमासमेत ठूलो भूमिका खेलिरहेको हुन्छ ।

त्यसैले वातावरण जोगाउन र जलवायु न्यायका लागि पुनःप्रयोगको अवधारणालाई आत्मसात् गरौँ ।” मधेसी आयोगका सदस्य रेणुदेवी साहले जलवायु परिवर्तनको असरलाई कम गर्न हिमाल, पहाड र तराईका महिलाहरुले बेलैमा सोच्ने बेला आएको बताउनुभयो । जलवायु परिवर्तनबाट महिला तथा बालबालिका सबैभन्दा बढी पीडित भएको भन्दै उहाँले समस्या समाधानका लागि महिलाहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

- Advertisement -
Ad imageAd image

महिलाहरुले प्रयोग गर्ने अधिकांश पहिरन तथा शृङ्गारका सामान पोलिस्टर प्लास्टिकबाट बन्ने भएकाले यसबाट वातावरणमा पर्न सक्ने असरलाई पनि ख्याल गर्नुपर्ने दिन आएको सदस्य साहको भनाइ छ । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष रोजिना प्रधान राईले प्रकृति रहे मानव अस्तित्व सम्भव रहेकाले भन्दै वातावरण जोगाउने अभियानमा सबै जुट्नुको विकल्प नरहेको बताउनुभयो ।

मानवीय कृयाकलापबाटै वातावरण र प्रकृति जोखिममा पर्दै गएको अध्ययनले देखाएकाले हरेक क्रियाकलाप वातावरण अनुकूलन हुन आवश्यक रहेको उहाँले बताउनुभयो । मिस नेपाल शीच्छा प्रधानले प्लास्टिकको प्रयोग वातावरणका लागि अत्यन्त हानिकारक रहेकाले प्रकृति जोगाउन प्लास्टिक निरुत्साहितको अभियान चलाउनुपर्ने बताउनुभयो ।

जलवायु न्यायको अभियान लिएर साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीको नेतृत्वमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सगरमाथाको आधार शिविर पुगेका १९ जना महिलाको टोलीले प्रकृति जोगाउने अभियानमा सबै जना एकजुट हुन सगरमाथा आधार शिविरबाट आह्वान गरेको थियो ।

उहाँहरुले हिमाली क्षेत्रका महिला तथा जनप्रतिनिधिसँग ठाउँ÷ठाउँमा जलवायु न्यायका सवालमा अन्तरसम्वाद समेत गर्नुभयो । अभियानका क्रममा जलवायु परिवर्तनका कारण हिमालहरु कालो पहाडमा परिणत हुँदै गएको, कृषि प्रणालीमा अस्वाभाविक परिवर्तन देखा परेको र त्यसबाट प्रजननमा परेको असरबारे छलफल भएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
32°C
Kathmandu
clear sky
32° _ 32°
11%
2 km/h
बुध
32 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ