काठमाडौं । प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली , गृहमन्त्री रमेश लेखक र भौतिक पुर्वाधार मन्त्री देवेन्द्र दाहाललाई भेटि रुकुम पश्चिमका बाढी तथा पहिरो पीडितलाई तत्काल उचित राहतको व्यवस्थापन आग्रह गरेका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका—१२ लगायत विभिन्न वडामा असार ३१ गते राती गएको पहिरोका कारण मानविय लगायत भौतिक क्षतिभएकाले तत्काल राहतको व्यवस्थापन गर्न प्रधानमन्त्री , गृहमन्त्री एवं भौतिक पुर्वाधार मन्त्रीलाइ ध्यानाकर्षण गराएका हुन ।
बुधबार प्रधानमन्त्री गृहमन्त्री तथा भौतिक पुर्वाधार मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै मृतकका परिवारलाई तत्काल उचित राहत र घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेका हुन । ज्ञापनपत्र बुझाउँदै विश्वकर्माले भने, असार ३१ गते राती आएको अविरल वर्षाका कारण मानवीय क्षती सहित भौतिक संरचना पशुपन्छीको मृत्यु भएको, बस्ती समेत जोखिममा रहेको अबस्थामा तत्काल सरकारको उपस्थिती आवश्यक रहेको छ, यस्तो अबस्थामा उचित राहतको माग गरेको छु । उनले मृतक परिवारलाई उचित राहत र घाइतेको निशुल्क उपचारकालागि पहलगरिदिन प्रधानमन्त्री एवं सरकारलाइ ध्यानाकर्षण गराएको बताए ।
साथै मनसुन सक्रिय रहेको र थप घटनाहरु हुन सक्ने भएकोले सबैजना सजक तथा सतर्क रहन सबैलाइ अनुरोध गर्नुभयो ।


