नेपालीको इतिहास गर्व गर्न योग्य छ : प्रधानमन्त्री ओली

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, ३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताउनुभएको छ । इञ्जिनियर दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको इतिहास प्रशंसायोग्य भएको उल्लेख गर्दै अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताउनुभयो । देशलाई बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा देखिएका विद्यमान समस्या समाधान गर्न लागिपरेको स्पष्ट पार्नुभयो । “आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नै पर्छ”, उहाँले भन्नुभयो । अहिले देशको अवस्था जस्तो भए पनि भविष्य भने उज्वल रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । यसमा कुनै शङ्का नगरी देश निर्माणको काममा लाग्न ओलीले आग्रह गर्नुभयो । “देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ । यसमा कुनै शङ्का नगरी देश निर्माणका सबै एकजुट भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले इञ्जिनियर देश बनाउने हात भएकाले देश निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरु देखाउन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा जोड दिनुभयो । उहाँले सरकाले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
mist
12° _ 12°
100%
आइत
19 °C
सोम
20 °C
मंगल
22 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ