काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो । यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेले विदेशका प्रतियोगितामा भाग लिन जान अनुमतिसमेत पाएका छन् । उनीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा लगातार तीन दिन यता सुनुवाइ भइरहेको छ । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै हुने छ ।
थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सागर ज्ञवाली निर्वाचित
कोसामोइ (थाइल्याण्ड): थाई नेपाली सङ्घ कोसामोइ शाखाको आठौँ महाधिवेशन तथा नवनिर्वाचन सभा २२ फेब्रुअरी २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनबाट सागर ज्ञवाली अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनी सन् २०२६…

