काठमाडौं । नेपाली कांग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने भएको छ । बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो । ‘समुदायमा कांग्रेस अभियान’को कार्य योजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराउनुभयो । पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

प्रतिक्रिया
ट्रेन्डिङ
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…

