सामाजिक सुरक्षा भत्ता नपाएपछि लाभग्राही निराश

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रौतहट । रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् ।  बिगत चार  महिनादेखि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।

एनआइसी एसीया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट बञ्चित भएको गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी बताए ।

उनका अनुसार  करीब ८ हजार लाभग्राहीहरु सामाजिक सुरक्षा भत्ता पाउन बाट बञ्चित छन् । गत पुुस महिनामा नै गुजरा नगरपालिकाले बैंकको खातामा सामाजिक सुरक्षा वापतको रकम पठाए पनि हालसम्म पाउन नसकेको वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारुले बताए ।

सो नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिन, वडा नम्बर ७ का वडा अध्यक्ष शेख अबदुल्का र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी संयुक्त रुपमा बैंकमा पुगि छिटो भन्दा छिटो सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरेका छन् ।

अब चाँडै सामाजिक सुरक्षाभत्ता वितरण नगरेमा बैंकमै तालाबन्दी गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।

सिमराभवानीपुरमा रहेको एनआइसी एसीया बैंकका शाखा प्रबन्धक एमडि सदाम प्रवेजले अब चाँडै नै सामाजिक सुरक्षाभत्ता वितरण गरिने बताए ।

केवाइसी अपडेट नभएकाले समस्या भएको उनको भनाइ छ । रमजान चलिरहेको र होली नजिक आएकोले भत्ता समयमा नै दिन पालिकावासिले माग गरेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ