इलाम–२,उम्मेदवारको अन्तिम नामावली प्रकाशन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


इलाम। इलाम–२ मा हुने उप–निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तोकिएको समयभित्र एक जनाले उम्मेदवारी फिर्ता लिएपछि बाँकी उम्मेदवारको अन्तिम नामावली मुख्य निर्वाचन अधिकृतको कार्यालयले मङ्गलबार प्रकाशन गरेको हो ।

आगामी वैशाख १५ को निर्वाचनका लागि इलाम– २ मा १२ दल र आठ स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको थियो । यीमध्ये स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार मङ्गलबार दिउँसो ३ बजेपछि स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न दिइनेछ । स्वतन्त्र उम्मेदवारहरुले आफैं चुनाव चिह्न रोज्न पाउने जनाइएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
mist
13° _ 13°
71%
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ