उपत्यकासहित चार प्रदेशका पहाडी भूभागमा वर्षा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, । काठमाडौँ उपत्यकासहित चार प्रदेशका पहाडी भूभागमा अहिले पानी परिरहेको छ।

मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङसहित वर्षा भएको हो।

विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटी प्रि मनसुनको समय भएकाले साँझपख मेघ गर्जन चट्याङसहितको वर्षाको सम्भावना निरन्तर हुने बताउनुहुन्छ।

अहिले उपत्यकाको उत्तरी क्षेत्रमा वर्षा भइरहेको छ। उहाँले भन्नुभयो, “अहिले प्रि मनसुनको समय छ, स्थानीय वायुको प्रभावका कारण साँझपख मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना हुन्छ।

”मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम भने सफा रहेको उहाँको भनाइ छ। लुम्बिनी प्रदेशको मौसम आंशिक बदली भएको उहाँको भनाइ छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
clear sky
18° _ 18°
35%
1 km/h
मंगल
28 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
31 °C
शनि
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ