रास्वपाका सभापति लामिछानेले भनेः अनुसन्धान रामञे भए अधिकांश नेता जेल जान्छन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा राम्ररी अनुसन्धान गर्ने हो भने अहिलेका अधिकांश नेता जेल पर्ने दावी गरेका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा शनिबार पार्टीले गरेको आमसभालाई सम्बोधन गर्दै लामिछानेले अहिले सेटिङ मिलाउन नसक्नेहरुमात्रै जेल गएको टिप्पणी गरे । ‘छातीमा आँट भएको मान्छेले अनुसन्धान गर्ने हो भने औंलामा गन्न मिल्ने नेता पनि बच्दैनन् यो देशमा म तपाईंलाई ग्यारेन्टीका साथ भन्न चाहन्छु’, रविले भने ।

पुराना दलहरुबाट देश परिवर्तन होला भनेर वर्षौंदेखि कुरे पनि उनीहरु भागबन्डा र सेटिङमा लागेकाले जनताले विकल्प खोजेको लामिछानेले बताए । अब हुने चुनावमा रास्वपालाई वहुमत दिएमा देशलाई एक नम्बर बनाउने दावी गर्दै उनले बनाउन नसके राजनीति नगर्ने बताए ।

अहिलेको सरकार भ्रष्ट र बेथितिको चाङ बोकेको हुंदा पुरै कार्यकालसम्म बोक्ने कि नबोक्ने भन्ने प्रश्न उठेकाले जुनसुकै बेला हुने चुनावमा बहुमत पाउने गरी पार्टी अघि बढेको लामिछानेको भनाइ छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा अर्घाखाँचीबाट निर्वाचित सांसद तथा एमालेका सचिव टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा रहेका कारण निलम्बित अवस्थामा छन् । लामिछानेले अहिले अर्घाखाँची जनप्रतिनिधिविहीन भएको टिप्पणी गर्दै यो जिल्लाको आवाज पनि आफ्नो पार्टीले संसदमा उठाउने बताए ।


गएको निर्वाचनमा आफू र आफ्नो दलविरुद्ध सत्ता गठबन्धन नै लागेपनि ५ महिनाको छोटो अवधिमै चौथो शक्ति भएको भन्दै लामिछानेले अबको चुनावमा पहिलो शक्ति बन्ने दोहोर्‍याए । अहिलेको सरकारले विभिन्न भ्रष्टाचार र अनियमितताका काण्डमा सुरूसुरूमा काम गरेजस्तो गर्ने तर टुंगो नलाग्दै राजनीतिक दबाबमा ढाकछोप गरेको उनको आरोप लगाए ।

राजनीतिमा अब युवा हस्तक्षेपको आवश्यकता रहेको भन्दै उनले इमान्दारको हातमा राजनीति जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताए । रास्वपाकी सांसद सुमना श्रेष्ठले देश गरिबी, अशिक्षा र कुशासनमा फसेकाले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताइन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
haze
17° _ 17°
55%
बिहि
26 °C
शुक्र
26 °C
शनि
13 °C
आइत
19 °C
सोम
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ