घट्यो बैंकको ब्याजदर (सूची सहित)

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । आउँदो महिनाका लागि महिनाको अन्तिम दिन आज नयाँ ब्याजदर प्रस्ताव गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन अनुसार बैंकहरुले वैशाखका लागि चैत ३० गते नै निक्षेपको नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् ।

सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकहरुले चैतको तुलनामा वैशाखका लागि ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरुमध्ये १३ वटा बैंकहरुले ब्याजदर घटाएका छन्,भने ५ वटाले स्थिर र दुईवटाले केही वृद्धि गरेका छन् ।

नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक, एसबीआई बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकले वैशाखका लागि ब्याजदर घटाएका छन् ।

यस्तैगरी, सरकारी बैंक कृषि विकास बैंकसहित स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका। छन् ।

तर, एभरेस्ट बैंक र एनएमबी बैंकले भने चैतको तुलनामा वैशाखका लागि केही ब्याजदर बढाएका छन् । चैत महिनाका लागि औसत ५ प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर तोकेका बैंकहरुले वैशाखका लागि ०.१९ प्रतिशत विन्दुले ब्याजदर घटाउँदै ७.०६ प्रतिशत कायम गरेका छन् ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
2 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ