घाँटीको क्यान्सरबाट पीडित बालकलाई सहयोग याचना

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१३, लुम गाँउका १२ वर्षीय एक बालकको घाँटीमा क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । उपचार गर्न आर्थिक अभाव भएपछि उनी भरतपुर अस्पतालको शैय्यामा छटपटाइ रहेका छन् ।
बुबा राज बहादुर खड्का र आमा उजेली खड्काका एक मात्र छोरा बिग्नेश खड्काको अहिले घाँटीमा क्यान्सर भएको पत्ता लागेको हो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनको बेड नम्बर २९९मा भर्ना भएका उनलाई उपचार खर्चको अभाव भएको अभिभावकहरुले बताएका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएको र केही आफ्नो सम्पत्ति विक्री गरेको रकम पनि सकिएकाले सहयोगको याचना गरिएको हो ।
‘सबै पैसा सकियो । अहिले बिहान बेलुका खानसम्म समस्या भएको छ । थप उपचार गर्न धेरै रुपंैयाँ खर्च हुने रहेछ । दुई हप्ता देखि औषधि गर्ने रुपैंयाँ नहुदा अहिले बच्चा बेडमा छट्पटाई रहेको छ । सबैबाट सहयोगको खाँचो छ,’ बुबा राजबहादुरले भने ।
मनकारी सहयोगी मनहरुलाई आर्थिक सहयोग गरी दिन समाजसेवी मनकृष्ण बढुवाल र बिरश बढुवालले समेत आग्रह गरेका छन् ।
सहियोगका)लागि ः९८६८२२२३१३१
नाम ः– उजेली खड्का (आमा) 
खाता नं ः– १३१०१०००६३७०७०१०
बैंक नाम ः– राष्ट्रिय बाणिज्य बैंक
सम्पर्क नंः– ९७६६२१११८२

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
45%
6 km/h
शनि
18 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ