Ad imageAd image

क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन: बागमती र काठमाडौं उपत्यकामा नयाँ नेतृत्व चयन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसनअन्तर्गत बागमती प्रदेश र काठमाडौं उपत्यका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार आयोजित कार्यक्रममार्फत दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन्। उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत चुनिएका छन्। सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यमा दावा टासी शेर्पा, अनूप सुवेदी, चन्द्र कृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित भएका छन्।

काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा रुपेश अधिकारी निर्वाचित भएका छन्। उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा चयन भएका छन्। सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, रन्जित पुतुवार र गंगा थापा मगर चयन भएका छन्।

ललितपुरको ज्वागलस्थित एक पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामा तामाङ, विभिन्न खेलकुद संघका पदाधिकारी र क्लाइम्बिङ स्पोर्ट्सका अन्य सदस्यहरुको उपस्थिति थियो।

- Advertisement -
Ad imageAd image
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
53%
4 km/h
बुध
26 °C
बिहि
27 °C
शुक्र
25 °C
शनि
28 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ