कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काँर्केविहार (सुर्खेत), २१ चैतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गर्नुभएको छ । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सो जानकारी गराउनुभएको हो । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री बन्नुभएका शर्माले राजीनामाको घोषणा गर्नुभएको हो । मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताउनुभयो ।

उहाँले सत्ता समीकरणमा भएकाे फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाउनुभयो । “सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो”, उहाँले भन्नुभयो, “राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक-पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।”

उहाँले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले कार्यकालभर धेरै काम गरेको उल्लेख गर्दैै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताउनुभयो । डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उहाँले बताउनुभयो ।

“कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउनेतर्फ पनि काम भएका छन्”, उहाँले भन्नुभयो, “योजना छनोटलाई वस्तुगत तथा प्रभावकारी बनाइएको छ ।”

सेयर: 37
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
haze
16° _ 16°
63%
6 km/h
बिहि
15 °C
शुक्र
22 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ