रास्वपाले इलाम—२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज इलाम—२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ । दिउँसो १ बजे इलाम नगरपालिका— ७ लाँकुरी चौताराको चोक बजारमा एक कार्यक्रमका बीच उम्मेदवारी घोषणा गर्न लागेको हो ।

रास्वपाले बिहीबार मात्रै इलाम—२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह—प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्नुहुने छ ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
77%
1 km/h
शनि
27 °C
आइत
26 °C
सोम
25 °C
मंगल
25 °C
बुध
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ