Ad imageAd image

आज देशभरिको मौसम आंशिक बदली हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू—भागमा आंशिक बदली रहने छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू—भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू—भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका एक—दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू—भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू—भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक—दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
31°C
Kathmandu
clear sky
31° _ 31°
21%
5 km/h
सोम
30 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ