रुसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : रुसी राष्ट्रपति पुटिन

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

मस्को । उत्तर कोरियाको भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले युक्रेन युद्धलगायतका रुसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गर्नुभएको रुसी सञ्चारमाध्यमले जर्नाका छन् ।

“युक्रेनी मुद्दासहित रुसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौँ,” उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भन्नुभयो ।

प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ’समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गर्नुभयो ।

“रुस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्”, उहाँले भन्नुभयो ।दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बिहि
22 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ