साफ यू–१७ च्याम्पियनसिप ः नेपाल भारतसँग पराजित

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।

भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषी सिंह र हेम्नेइचुंगले एक एक गोल थपेका थिए । नेपालमा कप्तान सुवास बमले एक गोल फर्काउँदा एक गोल उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले ६१ औं मिनेटमा पहिलो गोल बेहोरेको थियो ।

दायाँतर्फबाट आएको क्रसमा भारतका सुमित शर्माले हेडर गरेका थिए । नेपाली गोलरक्षक पेम्बा नोर्वुले बल बचाउन सफल भए पनि सम्हाल्न सकेनन् र भिजल यादवले गोलरक्षकको खुट्टाबीचबाट बललाई गोलपोष्टमा पठाए ।

केही समयपछि पुनः भिजल यादवले ६८ औं मिनेटमा फ्रीकिकबाट आएको बललाई सुमितले हेडमार्फत प्रहार गरेपछि नेपाली गोलरक्षकले पुनः बचाउने प्रयास गरे पनि भिजलले रिबाउन्डमा दोस्रो गोल थपेका थिए ।

नेपालले खेलमा फर्कने प्रयास गर्दै ८३औं मिनेटमा सुवास बमको गोलमार्फत टोलीलाई आशा जगायो । टिममूभबाट आएको यो गोलले नेपाललाई खेलमा फर्कने सम्भावना कायमै राखेको थियो ।

तर, भारतका नरेश सिंह (एनरिषी सिंह)ले ८५ औं मिनेटमा गोल गर्दै अग्रता ३–१ बनाएका थिए । नेपाली टोलीले ८९ औं मिनेटमा भारतबाट एक गोल उपहार पायो । भारतका मोहमद क्याफले आफ्नै पोस्टमा गोल गरेपछि नेपालको अग्रता ३–२ भएको थियो ।

खेलको इन्जुरी टाइमको पनि अन्तिमतिर भारतका हेम्नेइचुंगले टिमका लागि चौथो गोल थप्दै अन्ततः खेलको नतिजा ४–२ ले आफ्नो पक्षमा पारे । भारतले अव उपाधिका लागि पाकिस्तान र बंगलादेशको विजेतासँग सोमबार खेल्ने छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
broken clouds
13° _ 13°
71%
1 km/h
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
25 °C
शुक्र
21 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ