उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

उदयपुर : उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् । सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताउनुभयो । स्थानीयवासी देवबहादुर मगरले भन्नुभयो, “२०५० सालतिर देखिनै गाउँमा बेसार खेती सुरु भएको हो ।

२०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रुपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँनै बेसार खेतीमय भएको छ ।” उहाँका अनुसार अहिले गाउँबाट वार्षिक दुई करोडभन्दा बढीको बेसार बिक्री हुने गरेको छ । अर्का कृषक इन्द्रबहादुर मगरले अनुसार नयाँ आधुनिक प्रजातिको सुगन्धा बेसार उत्पादन हुन थालेपछि खेती र उत्पादनमा वृद्धि भएको छ । उहाँले एक घरले वार्षिक झण्डै तीन लाखभन्दा माथि बेसार उत्पादन गरेर बिक्री गर्ने गरेको बताउनुभयो ।

किसान सन्तबहादुर मगरले २०७३ सालदेखि यस क्षेत्रको बेसार मङ्सिर पुस महिनातिरनै विराटनगरका व्यापारीले खरिद गर्न आउने गरेको जानकारी दिनुभयो । पछिल्लो समय सिद्धिपुरवासीको आर्थिक आम्दानीको स्रोतनै बेसार भएको चौदण्डी–६ का वडासदस्य देवी मगरले बताउनुभयो ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको छ । केन्द्रका सूचना अधिकारी तथा अधिकृत फूलमाया शेर्पाले सबैभन्दा बढी बेसार उत्पादन पाकेट क्षेत्रको रुपमा सिद्धिपुर क्षेत्र रहेको बताउनुभयो । यसैगरी त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको आँपटार, उदयपुगढी गाउँपालिकाको भलायाडाँडा, डुम्रेसहित कटारी नगरपालिकाको रिस्कु सोमबारे र बेलका नगरपालिकाको मैनामैनी महत्वपूर्ण बेसार उत्पादन क्षेत्र रहेको कृिष ज्ञान केन्द्रले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
haze
21° _ 21°
64%
2 km/h
आइत
22 °C
सोम
22 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ