सातदोबाटो–बालकुमारी सडक रातको समयमा ६ घण्टा बन्द हुने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बिहीबारबाट सातदोबाटो–बालकुमारी सडक रातको समयमा ६ घण्टा बन्द हुने भएको छ।

ग्वार्को फ्लाईओभर निर्माणका लागि काम गर्नुपर्ने भएकाले रातको समयमा उक्त सडकखण्ड बन्द हुने भएको हो।

बिहीबारदेखि वैशाख ११ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा पूर्णरुपमा बन्द हुने भएको हो ।

अत्यावश्यक भए रातको समयमा वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।

फ्लाई ओभरको पुलमा मुख्य बिम बाँध्नुपर्ने हुँदा समय बढी लाग्ने भएका कारण बाटो पूर्णरुपमा बन्द गर्नुपरेको हो ।

बिम बाँध्न बढी समय लाग्ने हुँदा बाटो बन्द हुने दिन बढ्न सक्ने आयोजनाले बताएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
36%
1 km/h
सोम
19 °C
मंगल
29 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ