काठमाडौं । बिहीबारबाट सातदोबाटो–बालकुमारी सडक रातको समयमा ६ घण्टा बन्द हुने भएको छ।
ग्वार्को फ्लाईओभर निर्माणका लागि काम गर्नुपर्ने भएकाले रातको समयमा उक्त सडकखण्ड बन्द हुने भएको हो।
बिहीबारदेखि वैशाख ११ गतेसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा पूर्णरुपमा बन्द हुने भएको हो ।
अत्यावश्यक भए रातको समयमा वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ ।
फ्लाई ओभरको पुलमा मुख्य बिम बाँध्नुपर्ने हुँदा समय बढी लाग्ने भएका कारण बाटो पूर्णरुपमा बन्द गर्नुपरेको हो ।
बिम बाँध्न बढी समय लाग्ने हुँदा बाटो बन्द हुने दिन बढ्न सक्ने आयोजनाले बताएको छ ।
Recent Visitors: 4
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1