विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सांसदहरुले शिक्षामा नीजि क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउन विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक रहेको औल्याएका छन् ।


शुक्रबार सिंहदरबारस्थित समिति सभाकक्षमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासंग छलफल भएको हो ।
छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा नीजि क्षेत्रमा भएको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउन पनि विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक रहेको औंल्याइन् ।


उनले भनिन्,‘नेपालको संविधानको धारा ५१ को २ मा के लेखिएको छ भन्दा शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्न भनिएको छ । नीजि क्षेत्रमा भएको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामुलक बनाउने भनेर लेखिएको छ । यसलाई ध्यानाकर्षण गर्दै संशोधन आवश्यक छ ।’


उनले पाठ्यक्रम तथा पाठ्यसामग्री व्यवहारिक हुनैपर्ने,व्यवसायिक उपयोगी शिक्षा मूलक र अपाङ्गमैत्री भए नभएको पनि परीक्षण गर्ने भनेर संशोधन हालेको पनि बताइन् ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
82%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
15 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ