नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा.विश्वम्भर शर्मा निर्विरोध चयन हुनुभएको छ । नेकपा एमाले पर्सा जिल्लाको नवौँ अधिवेशनबाट शर्मा निर्विरोध चयन हुनुभएको हो ।नवौँ अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गर्नुभएको थियो ।

तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारु र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्षमा चयन हुनुभएको हो । पाँच पदाधिकारीसहित एक सय २७ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

अध्यक्ष पदमा निर्विरोध भएपनि अन्य पदाधिकारी पदमा भने शुक्रबार निर्वाचन हुने कार्यतालिका छ । एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताउनुभयो ।

उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ । सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ । पर्सा जिल्लामा १४ वटा पालिका छन् । तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

वीरगञ्ज, पर्सौनी र पर्सागढी पालिकाबाट जिल्ला सदस्य पदमा अहिलेसम्म सर्वसहमत हुन सकेको छैन । एमालेको नवौँ जिल्ला अधिवेशन सोमबार उदघाटनसत्र भएको थियो । अधिवेशनको मङ्गलबार बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ