बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

तनहुँ, चैत्र १० गते । पृथ्वी राजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा शनिवार बिहान ६:२५ बजे पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते भएका छन् ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नं. को पर्यटक बस सडकको दायाँ साइडमा पल्टिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । खाँडका अनुसार दुर्घटनामा बसमा सवार २६ मध्ये सो सङ्ख्यामा घाइते भएका हुन् ।

घाइते हुनेहरूमा ५० वर्षीय सुन लि, ५७ वर्षीय हुक्सिया लि, ६२ वर्षीय वाङ वि डोङ, ६७ वर्षीय कियो मेङ, ६८ वर्षीय छुचेङ र ७० वर्षीय लियो या छिङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते सबैको शुक्ल गण्डकी नगरपालिकाको बेल चौतारा स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको र दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रनाउ खाँडले जानकारी दिनुभयो । चालकलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
21 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ