स्पेन दक्षिण अमेरिकी टोली कोलम्बियासँग पराजित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

लण्डन । लण्डन स्टेडियममा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेन दक्षिण अमेरिकी टोली कोलम्बियासँग पराजित भएको छ । क्रिस्टल प्यालेसका डिफेन्डर ड्यानियल मुनोजले गोल गर्दा स्पेन ०–१ गोलअन्तरले स्तब्ध बन्यो ।

मुनोजले खेलको ६१ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । लिभरपुलका लुइस डियाजको पासमा उनले एक्रोबेटिक भलीमार्फत गोल गर्दै टोलीलाई जीत दिलाए ।

सन् २०१६ जर्जियासँग पराजित भएयता मैत्रीपूर्ण खेलमा स्पेनको यो पहिलो पराजय थियो । खेलमा स्पेनले तीन जना नयाँ खेलाडीलाई अवसर दिएको थियो, जसमा बार्सिलोनाका १७ वर्षीय डिफेन्डर पाउ कुबार्सी रहेका थिए ।

त्यस्तै रियल सोसिडाडका गोलकिपर एलेक्स रेमिरो र एथ्लेटिक बिल्बाओका डिफेन्डर ड्यानियल भियिानले पनि स्पेनका लागि डेब्यू गरे ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
21 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ