सभामुख देवराज घिमिरेद्धारा संसदलाई बन्धक नबनाउन दलहरुलाई आग्रह

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । कार्यव्यवस्था बैठकमा सभामुख देवराज घिमिरेले संसदलाई बन्धक नबनाउन आग्रह गर्नुभएको छ । उहाँले संसदीय अभ्यासमा केही यस्ता बिजनेस पनि हुन्छन्, जहाँ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्दछ उहाँले भन्नुभयो, जस्तो कि केही दिनअघिमात्रै हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौं । प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि यस्तै हो ।

एक सातापछि नै बजेट ल्याउँदैछौं । मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर सम्मानित संसदमा प्रस्ताव गरेको अवस्थामा यसलाई प्रभावित बनाउनुहुँदैन ।

संसदको नेतृत्वको हिसाबले मैले यसको व्यवस्थापन गर्नैपर्दछ । यसलाई गम्भीरतापूर्वक लिन म प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरुको ध्यानाकर्षण गराउँदछु । आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने नै हो । त्यसले प्रमुख प्रतिपक्षी दललाई वेटिङ इन गभर्मेन्ट पनि भनिन्छ । हामीले आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ ।

आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अबरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउँदछ । संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको छ ।

यही बीचमा प्रमुख विपक्षीले हिजो दुई महिनापछि गृहमन्त्रीलाई बोल्न सहजिकरण गरेको थियो । यो पनि सहमतिको एउटा अंश हो । अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्दछ । आज सहकार्य गरौं । संसदमा मतभेदहरु हुन्छन्, विषयमा बहसहरू हुन्छन् । तर, सँगसँगै सहमति गरेर अगाडि बढ्ने हाम्रो अभ्यास पनि छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
haze
23° _ 23°
46%
2 km/h
शुक्र
27 °C
शनि
27 °C
आइत
27 °C
सोम
25 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ