विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न आवश्यक : मन्त्री यादव

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

पर्सा ।  खानेपानी मन्त्री प्रदीप यादवले विद्यार्थीहरूका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न अति आवश्यक रहेको बताएका छन् ।

सोमबार वीरगञ्ज महानगरपालिकामा समाजवादी विद्यार्थी युनियनद्वारा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विद्यार्थीहरूका चाहना, आकांक्षा र भावना अनुरूप नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

उनले भने, ‘विद्यार्थी राष्ट्र निर्माणका आधारशिला हुन् । उनीहरूको अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न जरुरी छ ।’

कार्यक्रममा मन्त्री यादवले विगतको तुलनामा अहिलेका विद्यार्थी झन् सचेत, जागरूक र परिवर्तनमुखी रहेको हुँदा देश निर्माणमा उनीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

देशको भविष्य निर्माण गर्ने र परिवर्तनका संवाहक विद्यार्थीहरूलाई साथ र सहयोग गर्न आफू सधैं तयार रहेको मन्त्री यादवले बताए ।

क्याम्पसका जिर्ण रहेका भौतिक संरचनाहरुको पुर्नः निर्माण गरीने भन्दै ठाकुराम क्याम्पसमा बिद्यार्थी सँगसँगै कर्मचारीहरु पनि आफ्नो कामको जिम्मेवारीमा निपूर्ण हुनु पर्नेमा मन्त्री यादवले जोड दिए ।

क्याम्पसमा बैज्ञानिक शिक्षा प्रणाली लागु हुनु पर्ने मन्त्री यादवको भनाई थियो । मन्त्री यादवले ठाकुरराम क्याम्पसमा आउँदो चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरूलाई विगतका कमजोरी सुधार गर्दै, रिस–राग त्यागेर निर्वाचनमा संलग्न हुन आग्रह गरे ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
82%
2 km/h
बुध
15 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ