गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा सुनिलकुमार सिंहलाई ३ वर्ष कैदको सजाय

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । अपराधबाट गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा सुनिलकुमार सिंहलाई ३ वर्ष कैदको सजाय सुनाइएको छ । बिहीबार विशेष अदालतले सुनिल र उनकी पत्नी मिना कार्कीलाई क्रमशः ३ वर्ष र १ वर्ष ६ महिनाको कैद सजाय सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू डा.खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सुनिलकुमार सिंहलाई ३ वर्ष कैद तथा उनकी पत्नी मिना कार्कीलाई डेढ वर्ष कैदको सजाय सुनाएका हुन् ।

आपराधिक कार्यबाट गैरकानुनी सम्पत्ति जोडेको कसुरमा सम्पत्ति शुद्धीकरण विभागले सुनिलकुमार सिंहविरुद्ध १ करोड १३ लाख १९ हजार ८५१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । सिंहसँगै उनकी पत्नी मिना कार्कीविरुद्ध पनि मुद्दा चलेको थियो ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
53%
2 km/h
बुध
22 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ