गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध परेको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको छ।

बुधबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न भनेको हो।

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेलाई उनीविरुद्ध सहकारीको रकम हिनामिनामा कुनै उजुरीर जाहेरी नरहेको पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराई सर्वोच्च जानु भएको थियो ।

सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ गरेपछि भट्टराईले त्यसविरुद्ध अर्को रिट दिनु भएको थियो । न्यायाधीश ढुंगानाको इजलासले भट्टराईको रिट दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ