Ad imageAd image

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ. । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध गैरकानुनी ६२ करोड १९ लाख १८ हजार ६८४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेल निर्देशक भएको आर्थिक वर्ष २०७४/७५ देखि २०७९/८० को अवधिलाई जाँच अवधि कायम गरी आयव्ययको विश्लेषण गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयतर्फ निजको पारिश्रमिक बचत, शेयर बिक्री आय, अंश बापत प्राप्त रकम सबै गरी कुल आम्दानी दुई करोड एक लाख ४३ हजार ८८८ रुपियाँ रहेको र व्ययतर्फ विदेशी बैङ्कमा मौज्दात, लगानी, स्वदेशी तथा विदेशका बैङ्क खातामार्फत विद्युतीय खर्चमार्फत, ऋण तिरेको गरी कुल ६४ करोड २० लाख ६२ हजार ५७२ रुपियाँ देखिएको छ।

आयोगका अनुसार आयभन्दा बढी देखिएको व्यय रकमको स्रोत नखुलेको हुँदा पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सो मुद्दा दायर भएको आयोगले जनाएको छ।

- Advertisement -
Ad imageAd image

यससँगै प्रतिवादी पौडेल र एलिना बस्नेतको नाममा विदेशी बैङ्कमा रहेका बैङ्क खाताबाट जफत गर्नुपर्ने स्रोत नखुलेको सम्पत्ति सम्बन्धमा २८ करोड ९५ लाख ७५ हजार ६८९ रुपियाँ बिगो जफत तथा असुल उपर गर्न मागदाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

आमा शीतल पौडेल र बाबु धर्मप्रसाद शर्मा पौडेलको नाममा खरिद गरेको सम्पत्ति सम्बन्धमा बिगो सात करोड ३१ लाख ८८ हजार ९०० बिगो रकम कायम गरी मुद्दा दायर भएको आयोगले जनाएको छ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
95%
शुक्र
26 °C
शनि
23 °C
आइत
26 °C
सोम
25 °C
मंगल
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ