टी–२० क्रिकेट शृङ्खला : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । उक्त खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो ।

शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो ।

यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्याण्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो ।

शृङ्खलामा नेदरल्याण्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको दुई दुई अङ्क छ । रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अङ्क तालिकाको पुछारमा छ ।

Photo by CAN

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
49%
4 km/h
शुक्र
19 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ