तनहुँ बस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव वायुसेनाको विमानबाट भारत लगिँदै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौ । तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान भएको बस दुर्घटना ज्यान गुमाएका २७ जना भारतीय नागरिकहरूको शव चितवनबाट भारततर्फ लगिएको छ।
उक्त दुर्घटनामा परेर २७ जनाको मृत्यु र १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
दुर्घटनामा ज्यान गुमाएका २७ जनाको शव पोस्टमोर्टमका लागि चितवनस्थित भरतपुर अस्पताल पुर्‍याइएको थियो।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गम्भीर अवस्थामा रहेका १६ घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाण्डू पठाइएको थियो।

भारतको युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। मृतकहरूको शव परीक्षण भइरहेको चितवन पनि उनी शनिवार अपराह्न पुगेकी थिइन्।

दुर्घटनामा निधन भएकाहरूको शव पोस्टमोर्टमपछि चितवनबाटै भारततर्फ लगिएको अधिकारीहरूले बताएका छन्।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
55%
6 km/h
बिहि
18 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ