सिरहामा दलितमाथि ज्यादती : गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय छुवाछूतमा जाहेरी दर्ता

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । शनिबार दलितका अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन् ।

औरही गाउँपालिका–५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथा छुवाछूत सम्बन्धि कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ ।

औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुन बमोजिम कारवाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

पीडित परिवारको जाहेरी प्राप्त भएको र यससँगै कानूनी कारवाही प्रक्रिया अगाडि बढेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । जातीय छुवाछूत सम्बन्धि कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ ।

आउँदो चैत १७ गतेदेखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए ।

यस घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार साँझ मात्रै प्रहरीले पक्राउ गरेको थियो । बजरंगी बाबा भने अझै फरार छन् । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
clear sky
13° _ 13°
41%
1 km/h
बुध
28 °C
बिहि
31 °C
शुक्र
32 °C
शनि
32 °C
आइत
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ