वर्तमान गठबन्धन पाँच वर्ष नै चल्छः उपप्रधानमन्त्री खड्का

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने बताउनुभएको छ । आजदेखि सुरु भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान गठबन्धनमा कहीँकतै केही होला कि भनेर शङ्का नगर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका खड्काले निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको स्मरण गर्दै जनादेशअनुसार वर्तमान गठबन्धन चल्ने र त्यसमा कुनै समस्या नआउने प्रष्ट पार्नुभयो । गत निर्वाचनलगत्तै केही समस्या आए पनि अहिले गठबन्धनमा कुनै समस्या नरहेको खड्काको भनाइ छ ।

वर्तमान गठवन्धन सत्ता र कुर्सीका लागि नबनेको भन्दै खड्काले संविधानको रक्षा र मुलुकको समृद्धिका लागि भएकाले जनादेशअनुसार काम गर्दै जाने प्रष्ट पार्नुभयो ।

एक फरक प्रङ्सगमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशमा अपार सम्भावना भएको भन्दै अबपछि परेको भन्नेभन्दा पनि कसरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन सकिन्छ भनेर सबै मिलेर काम गर्ने बेला भएको बताउनुभयो ।

कर्णाली आफैँमा सभ्यता, संस्कृतिदेखि प्राकृतिक स्रोत साधनले समेत भरिपूर्ण रहेकाले यो प्रदेशलाई अबको १०÷१५ वर्षमा समृद्ध प्रदेश बनाउन सकिने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

चलचित्र क्षेत्रका लागि पनि कर्णाली प्रदेश आफैँमा एउटा क्यानभास भएको भन्दै खड्काले यसरी हुने चलचित्र महोत्सवले कर्णालीलाई संसारभर चनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
67%
4 km/h
शनि
14 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ