काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद उल फित्र (ईद) को शुभकामना दिनुभएको छ ।
यस पर्वले हामी सबैलाई त्याग, समर्पण, सहयोग र एकताको भावना पैदा गरी सामाजिक सांस्कृतिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समेत उहाँले शुभकामना सन्देशमा मार्फत बताउनुभएको छ ।
ईद उल फित्र (ईद) इस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण पर्व हो। यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्त्वपूर्ण अवसरका रूपमा मनाउने गरेको उहाँले बताउनुभयो ।
Recent Visitors: 2
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1