थाइ नेपाली भाषीको समस्यामा सरकार गम्भीर छ : परराष्ट्रमन्त्री साउद 

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले थाइ नेपाली भाषीले भोगिरहेको समस्यामा सरकार गम्भीर रहेको र कानुनीरूपमै समस्या समाधानको प्रयत्न गरिरहेको बताएका छन् । 

एनआरएनए थाइल्याण्डका प्रतिनिधि लोकेन्द्र ओली लगायतका सम्बद्व पदाधिकारीसँग शनिबार भएको भेटमा मन्त्री साउदले थाइल्याण्ड र म्यानमारका नेपाली भाषी दाजुभाइ दिदीबहिनीको समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय र नेपाल सरकार गम्भीर रहेको बताए । 

नेपालबाट पचासदेखि सय वर्ष पहिला बसाइँ सरेर थाइल्यान्ड र म्यानमार गएका नेपालीलाई नेपालमा कानुनी रूपमा मान्यता दिइएको छैन । 

तीन पुस्तालाई गैरआवासीय नेपालीको मान्यता दिइएको छ । अहिले सरकारले गैरआवासीय नेपाली नागरिकसम्बन्धी कानुन मस्यौदा गरिरहेको छ । एनआरएन थाइल्यान्डका प्रतिनिधिमण्डलले उक्त कानुनमा थाइ नेपाली भाषीको विषय समावेश गर्न अनुरोध गरेका थिए । 

जवाफमा मन्त्री साउदले कानुनबाटै समस्या समाधानका लागि सरकार प्रतिबद्व रहेको बताए । 

मन्त्री साउदले थाइल्यान्डमा रहेका नेपाली नागरिकको रोजगारको समस्याका बारेमा जानकार रहेको उल्लेख गर्दै यसमा पनि कुटनैतिक माध्यमबाट कुरा उठाइने बताए । 

साथै थाइ भाषी तथा नेपालीहरूको समस्याको विषयमा एनआरएनए थाइल्यान्डले निकट भविष्यमा गर्न लागेको अन्तरक्रियामा मन्त्री साउदलाई निमन्त्रणा गरिएको छ । मन्त्री साउदले बिमस्टेकको आगामी रिट्रिट बैठकमा सहभागी हुन बैंकक आउने र त्यही बेला अन्तरक्रियामा सहभागी हुने जानकारी दिएको एनआरएनए प्रतिनिधि ओलीले बताए ।

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
few clouds
24° _ 24°
29%
4 km/h
बिहि
25 °C
शुक्र
26 °C
शनि
13 °C
आइत
19 °C
सोम
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ