पाँचथरको फालेजुङमा भएको विष्फोटनमा मृतक परिवारलाई ५ लाख, घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौंः पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका ५ मा भदौ मा भएको विष्फोटनमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो ।
विष्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भैरहेको छ ।
केही दिन अघि मन्त्री पौडेलले अस्पतालमा गएर उपचाररत बालकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै उपचारमा सरकारले सघाउने प्रतिबद्धता परिवारसमक्ष जनाएका थिए ।
त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
mist
10° _ 10°
100%
2 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ