धितोपत्र बोर्डका नव  नियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

बुधबार खुमलटार स्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नव नियुक्त अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनौतीहरुको थुप्रोको बीचमा ठूलो जिम्मेवारीकोसाथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भएतापनि यसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतम प्रयोग गर्नेगरी काम गर्ने उद्देश्यकोसाथ आफू आएको पनि बताए ।

उनले भने, ‘ठूलो जिम्मेवारीकोसाथ आएको छु । चुनौतीहरुको थुप्रो छ । नेतृत्वको अभावमा अड्केका कामहरु पनि त्यत्तिकै छन् । मैले विशेष गरेर क्यापिटल मार्केटको दायरा नेपालमा बढाउँदै लैजानुपर्ने छ । लगानीकर्ताको सुरक्षा पहिलो प्रथामिकताको कुरा हो । त्यसलाई मध्यनजर गर्दै काम गर्नुपर्छ त्यसमा क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ । तर हामीले यसको सदुपयोग गर्न सकेको छैनौं । क्यापिटल मार्केटलाई कसरी हामीले अधिकतम प्रयोग गर्न सक्छौ भनेर मध्यनजर गर्दै काम गर्ने उद्देश्यकोसाथ आएको छु ।’

उनले हिजै मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल मार्फत शपथ ग्रहण गरेका थिए ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
93%
1 km/h
शुक्र
21 °C
शनि
24 °C
आइत
24 °C
सोम
26 °C
मंगल
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ