विदेश जाने मात्र होइन, स्वदेश फर्किँनेको संख्या नि उच्च छ ः उपमेयर डङ्गोल

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  काठमाडौं  महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरु विदेशिने संख्यासँगै स्वदेश फर्किनेको संख्या पनि उत्तिकै बढेको बताएकी छन् ।

आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरुका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् ।

उनले  भनिन्, ‘विदेशिने  युवाहरुको  जमात  बढ्दो  छ । सँगसँगै विदेशबाट  स्वदेश फर्किँने युवाहरुको पनि बाक्लो छ । युवाहरु विदेशबाट फर्किँदा पूँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’

साथै उनले युवाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्ने बताइन् । उनले युवाहरुको  लागि व्यवहारिक योजनाहरु पनि ल्याउनुपर्ने बताइन् ।

उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन् ।

उनले  भनिन्, ‘धेरै जना युवाहरु उच्च शिक्षाको  लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो  समय यो सपना युवाको मात्र होइन् एउटा परिवार, समाजको  पनि सपना भैइसकेको छ । त्यसैले कृयाकलापलाई हामीले रोक्न जरुरी छ ।’

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
36%
1 km/h
सोम
19 °C
मंगल
29 °C
बुध
30 °C
बिहि
30 °C
शुक्र
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ