नेपालमा सुनको मूल्य हालसम्मकै उच्च

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज एक हजार तीन सय रुपियाँले बढेपछि नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबार सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपियाँ कायम भएको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपियाँमा कारोबार भएको थियो । यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार चार सय रूपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसभन्दा अघि गत मङ्सिर १८ गते सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपियाँमा कारोबार भएको थियो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
68%
3 km/h
बिहि
18 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ