नेपाल–ल्हासा सिधा हवाई उडान सुरु

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल–ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले बिहीबारदेखि काठमाडौँबाट लासा नियमित उडान सुरु गरेको हो । काठमाडौँ–ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले भन्नुभयो– सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो ।

त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ नेपालबाट तिब्बतमा हुने सोझो हवाई उडान । तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरू घुम्न आउने गर्छन् जसमध्ये ठुलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरूको हुने गर्छ जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठुलो टेवा पुग्ने छ । नेपाल र चीनबिचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोश ढुङ्गाको काम गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरे। सातौँ शताब्दीमा बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरिन्। १३ औँ शताब्दीमा अरनिकोले चीनलाई कर्म थलो बनाएर नेपाली बास्तुकलालाई चीनमा परिचित गराए ।

चिनियाहरुले गौतम बुद्ध जन्मिएको देश र एक असल मित्र राष्ट्र भनेर मान्छ । एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता रहेको छ । कोम्निङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कोङ्मिङ पछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो । यससँगै ल्हासामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ