बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गाउँ आएको बाटो’

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ, १७ चैत : नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ । विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भइ पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको उक्त चलचित्र नेपालमा प्रदर्शन हुनु अगावै बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छनोटमा परेको हो ।

नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा प्रदर्शन भइसकेको छ । राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ ।

निर्देशक सुब्बाले चलचित्रमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेका एक परिवारको गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

“गाउँमा सडक आएपछि बाबु–छोराका सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरेका छौँ”, निर्देशक सुब्बाले भन्नुभयो, “हाम्रो कथालाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चासो दिनु गौरवको विषय हो ।” बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव विसं २०८१ वैशाख ७ देखि १० सम्म (अप्रिल १९ देखि २२) सम्म चल्ने छ ।

निर्देशक सुब्बाले निर्देशनको सुरुआत गर्नुभएको पहिलो चलचित्र ‘खाङ्ग्री’ पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । यसअघि उहाँद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोलगायत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए । ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गर्नुभएको छ ।

महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लीले सङ्गीत भर्नुभएको छ । चलचित्रको नेपाल प्रदर्शन जेठ १८ गते तय गरिएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ