हुरीले विद्यालय र खानेपानी आयोजनामा क्षति

राष्ट्रिय समाचार समिति(रासस)
2 मिनेटमा पढ्न सकिने

बैतडी, २१ जेठ : आइतबार साँझ आएको हुरीले जिल्लाका महिला सहकारी संस्था, स्वास्थ्यकेन्द्र, विद्यालय र खानेपानी आयोजनामा क्षति पुगेको छ । हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ ।

पाटन नगरपालिका–८ स्थित भगवती कृषि महिला विकास बहुउद्देशीय सहकारी संस्थाको छानो उडाएको नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं ८ का वडाध्यक्ष हरिश विष्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहकारीको छानो उडाउनुका साथैभित्र रहेका दराज, कुर्ची, आवश्यक कागजातसहित भौतिक संरचनामा क्षति पुगेको छ ।” उहाँका अनुसार सहकारीमा करिब रु एक लाख ५० हजार बढीको क्षति भएको अनुमान गरिएको छ । मेलौली नगरपालिका–७ मा रहेको नेत्रज्योति आधारभूत विद्यालयको दुई कोठे भवन, शिवनाथ गाउँपालिका–६ को हिरापुर माविको चार कोठे भवनको छाना उडाएको नेत्रज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार हुरीका कारण बसेडिभ्वा र कोदालीका घरमा समेत क्षति पु¥याएको छ ।

हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि पाटन नगरपालिका–१ स्थित गणेशपुरसहित अन्य चार गाउँमा खानेपानीको समस्या भएको पाटन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको सोलारपाताका साथै पाटन–१ गेरुवापानीस्थित मुहानमा राखिएका सोलार पातासमेत उडाएको छ । चार गाउँसहित तीन विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरलगायत स्थानमा खानेपानीको आपूर्ति बन्द भएको खानेपानी आयोजनाका व्यवस्थापक पदमराज भट्टराईले जानकारी दिनुभयो । आयोजनामा रहेका ७५ सोलार पातामध्ये ३० वटा उडाएको भन्दै करिब रु १५ लाखको क्षति भएको अनुमान गरिएको उहाँको भनाइ छ । उक्त खानेपानी आयोजनाबाट एक सय १९ घरमा पानी आपूर्ति हुँदै आएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ