बैंकक । थाइ नेपाली संघले अप्रिल ५ तारिखमा शिक्षण शिविर संचालन गर्ने भएको छ । शुक्रबारका दिन संघले बैंककमा शिक्षण शिविर संचालन गर्ने भएको हो । संघले एक विज्ञप्ती जारी गर्दै सबै शाखा, उपशाखा र संघसंस्थाहरुलाई भाग लिन आग्रह गरेको छ । संघले शिविरमा १० वर्षमाथिका स्वस्थ्य व्यक्तीलाई भाग लिन भनिएको छ । पछिल्लो समय मानव स्वास्थ्यमा परेको समस्यालाई मध्यनजर गर्दै संघले स्वास्थ्यकालागि शिविर संचालन गरेको हो ।
संघले शिविरमा भागलिन चाहने व्यक्तीले अनिवार्य आफ्नो परिचय खुल्ने प्रमाणपत्र सहित उपस्थित हुन भनेको छ । जस्तै, नागरिकता, राहदानी सहित उपस्थितीत हुने संघले अनुरोध गरेको छ । संघले शिविरमा आवश्यक पर्ने सामानको जोहो आफैले गर्न पनि भनेको छ । संघले शिविरमा सहभागी हुनेले सेतो जुत्ता अनिवार्य भनेको छ ।
शिविरमा भाग लिन १ हजार भाट प्रवेश शुल्क निर्धारण गरिएको छ । संघले सुरक्षाको कारण देखाउदै अमूल्य गरगहना नल्याउन भनेको छ । संघले विज्ञप्तीमा भनेको छ, यस शिक्षण शिविरमा १० वर्ष माथिका स्वस्थ्य व्यक्ति पुरुष नारी सबैले भाग लिन सक्नु हुने छ ।
शिविरमा आफुलाई चाहिने आवश्यक सामानहरु जस्तै सुत्ने विस्तारा, लगाउने कपडा, साबुन, तौलिया, दन्त मन्जन तथा कापी कलम र आफ्नो परिचय पत्र वा नागरिकता एवं राहदानी प्रमाण पत्र लिइ आउनुपर्ने छ । शिविरमा पुरुष नारी दुवैले सेता जुत्ता र मोजा आफैले ल्याउनु पर्नेछ । शिक्षण सिविरमा २ जोडी सेतो गन्जी संचालक समितिले दिने छ ।
विज्ञप्तीमा भनिएको, पुरुषले सेतो गन्जी, निलो हाफ पाइन्ट र महिलाले सेतो गन्जी र निलो लामो पाइन्ट लगाउनु पर्ने छ । त्यस्तै, शिविर प्रवेशकालागि सम्बन्धित शाखा, उपशाखा, संघसंस्था, एवं नेपाली पाठशालाहरुमा संम्पर्क गर्नु पर्ने र प्रवेश फारम भरेर आफ्नो स्थान सुरक्षित राख्न सकिने छ । व्यक्तिगत रुपमा आउनेलाइ पनि शिविरमा प्रवेश लिइने र राहदानी सँगै १ वटा फोटो अनिवार्य भनिएको छ ।