अमेरिकी डलर हालसम्मकै उच्च दरमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर अनुसार बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३३ रुपियाँ ९६ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३३ रुपियाँ ३६ पैसामा कारोबार भएको छ ।

बुधबार यो बिन्दुमा पुगेको डलरको विनिमय बिहीबार पनि कायम भएको हो । डलरको मूल्यमा नयाँ नयाँ रेकर्ड ब्रेक भइरहँदा नेपाली मुद्राको अहिलेसम्मकै अवमूल्यन भएको छ ।

बुधबार भएको यो कारोबारले मङ्गलबारको उच्च रेकर्डलाई पनि ब्रेक गरेको हो । मङ्गलबार अमेरिकी डलर खरिददर १३३ रुपियाँ २३ पैसा तथा बिक्रीदर १३३ रुपियाँ ८३ पैसा रहेको थियो ।

भारतीय मुद्रा कमजोर हुँदा डलरको मूल्य बढेर नेपाली रुपियाँ सबैभन्दा सस्तो दरमा झरेको हो । नेपाली रुपियाँ र भारतीय मुद्राबिच स्थिर विनिमयदर कायम रहेको छ ।

अमेरिकी डलरको मूल्य वृद्धि भइरहँदा नेपाल भित्रिने रेमिट्यान्सका लागि सकारात्मक प्रभाव पर्ने भए पनि आयातदेखि अन्तर्राष्ट्रिय ऋणको ब्याज र साँवालाई असर गर्ने विश्लेषक बताउँछन् ।

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि भई नौ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
64%
2 km/h
बिहि
25 °C
शुक्र
28 °C
शनि
27 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ