मन्त्री किराँतीले कार्यालय सहयोगी कर्मचारीकै अघि आफैं कार्यकक्ष सफा गरेको भिडिओमा प्रशंसा भन्दा आलोचना बढी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष कार्यालय सहयोगी कर्मचारीका अघि आफैं सफा गरेका भिडिओ ट्रोल बनिरहेको छ ।


सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उहाँले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ । सधैंझैं निलो रंगको सुट लगाएका मन्त्री किराँतीले टेबलहरु पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको र त्यो काममा एक महिलाले सघाइरहेको देखिन्छ । मन्त्री किराँतीको प्रेस संयोजकको भूमिका निर्वाह गर्दै आएका राजन राईले उक्त भिडियो आज बिहानको भएको बताए ।

कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको उनले बताए पनि भिडिओमा कर्मचारीको हाउभाउ त्यस्तो देखिदै । उनले मन्त्रीलाई सफा नगर्न भनेजस्तो गर्दै गर्दा मन्त्रीले आफै सरसफाइ गरिरहेको देखिन्छ ।

भोजपुरका हिरन राईले आफ्नो फेसबुकमा ‘सुदन किराँती देख्दा गर्वले आँसु आयो, बिहानै ७ः३० बजे मन्त्रालय फस्ता मैले जे देखें’ लेख्दै मन्त्री किराँतीले कार्यकक्ष सफा गरिरहेको भिडियो पोष्ट गरेका छन् । मन्त्रीको भिडिओ सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा ट्रोल र प्रशंसा दबै भइरहेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
few clouds
15° _ 15°
72%
2 km/h
शुक्र
13 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ