Ad imageAd image

यौन व्यभिचार र पैसा असुलीको आरोपपछि एमाले दुई नेताको राजीनामा माग

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । यौन व्यभिचार र पैसा असुलीको आरोपपछि एमालेले दुई जना केन्द्रीय सदस्यसँग राजीनामा मागेको छ। महिलासँगको अडिओ सार्वजनिक भएपछि नेकपा (एमाले) ले केन्द्रीय सदस्यबाट ऐन महरलाई हटाएको छ। ऐन महरको अडिओ केही समयअघि सार्वजनिक भएको थियो।

झन्डै दुई घन्टाको अडिओमा महरको हर्कत पुष्टि भएपछि उनलाई कारबाही स्वरूप राजीनामा दिन लगाइको एमालेका एक नेताले बताए।

उनले दिएको राजीनामा बिहीबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको एमालेले जनाएको छ। त्यस्तै बिहीबार बसेको सचिवालय बैठकले सिराज अहमद फारुकीलाई पनि राजीनामा गर्न लगाएर स्वीकृत गरिएको छ।

- Advertisement -
Ad imageAd image

फारूकीले विदेश पठाइदिन्छु भनेर पैसा उठाएको र अलपत्र पारेको उजुरीपछि कारबाही गरिएको एक नेताले बताए। उनको पनि हर्कत पुष्टि भएपछि राजीनामा माग गरिएको एक केन्द्रीय नेताले बताए। यसअघिको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विचलन देखा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

त्यही सचिवालयको बैठकमा उहाँले उठाएको पार्टीको शुद्धीकरण र सुदृढीकरणको अभियान फागुन ८ गतेदेखि सुरू हुने केन्द्रीय कमिटीको कार्यसूची बन्ने भएको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
clear sky
19° _ 19°
100%
आइत
27 °C
सोम
27 °C
मंगल
27 °C
बुध
28 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ