काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी मनिष डागीको घरमा चोरी भएको छ । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा ६ फागुनको साँझ चोरी भएको थियो ।
नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङलाई पक्राउ गरिएको छ ।
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1

