Ad imageAd image

संसदमा माधव सापकोटा र ज्ञानबहादुर शाहीबीच वादविवाद

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच वादविवाद भएको छ ।

आइतबार माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाहीले फरक विचारको सम्मान गर्न आग्रह गर्दै प्रतिवाद गरेका हुन् । सांसद सापकोटाले संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको स्मरण गर्दै सामन्ती, निरंकुश र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका उत्पीडनको अन्त्य गरिने भनी लेखिएको बताउनुभयो ।

‘तर, यो व्यवस्थाको बारेमा बेलाबखत चाहिने भन्दा ज्यादा अर्नगल प्रचारबाजीहरु गर्ने गरिएको छ’, उहाँले भन्नुभयो,‘पाइहाल्दा मन्त्री पनि भइहाल्ने, यही संसदको लोगो लगाएर भए भरका सेवा सुविधाहरु समेत लिनेछ। फेरि यही व्यवस्थाको विरोध गर्ने यो कति नैतिक छ ?’ राप्रपाका सांसदहरुले संसदमा राजसंस्थाको वकालत गर्दै आएका छन् ।

त्यसतर्फ संकेत गर्दै माओवादी सांसद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सीमा र कमीकमजोरीको बारेमा संसदमा छलफल हुन सक्ने तर, संविधानलाई ध्वंश गर्ने अधिकार कसैलाई नभएको तर्क गर्नुभएको हो । माओवादी सांसद सापकोटालाई राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कविता मार्फत जवाफ दिएका थिए । उनको कविता थियो । ‘फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुँडाइदियौ

- Advertisement -
Ad imageAd image

दुई नौजवानको सपना बालकुमारीमै उडाइदियौ

थिए होलान् तिनीहरुका पनि सपना

न्यानो लगाउने र मिठो खाने

रक्षक नै भक्षक भएपछि

न्याय खोज्न अब कहाँ जाने ?

आँखाबाट आँशु झार्दै

भक्कानिएर रुन्छिन् तिनकी आमा

अपराधीलाई कारबाही गर भनी

संसदमा आवाज उठाउँदा माग्छौ मेरो राजीनामा

सत्ता तिम्रै छ, शक्ति तिम्रै छ,

जति दबाउन सक्छौ दबाऊ,

दबिएर दबिँदैन यी आवाजहरु

एक दिन उठ्नेछन् र भन्नेछन्

भ्रष्टाचारी र देशद्रोहीलाई संसदबाट मात्र होइन

यो देशबाटै भगाऔं ।’

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
overcast clouds
16° _ 16°
100%
2 km/h
सोम
22 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
25 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ