मधेश प्रदेशमा सय प्रहरी युनिटको भवन छैन : प्रहरी महानिरीक्षक कुँवर

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रौतहट । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सुबिधायुक्त भवनले  प्रहरी कर्मचारीको मनोवल उच्च हुनुका साथै गुणस्तरीय सेवा प्रदानले सेवाग्राहिलाइ सहज हुने बताएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटको नव–निर्मित भवनको सोमवार  प्रहरी महानिरीक्षक  कुँवरले उद्घाटन गर्दै सो कुरा बताएका हुन । विभिन्न महानुभावहरूले भवन निर्माण कार्यमा सहयोग पु¥याएको भन्दै उनले प्रशंसा समेत गरे ।

प्रहरी महानिरीक्षक कुँवरका अनुसार देशभर २६६० प्रहरी इकाई कार्यलय रहेकोमा १८६९ को कार्यलय भवन, ३७० घर भाडामा र ४२१ अन्य निकायको कार्यलयबाट प्रहरीले सेवा दिदै आएको  उल्लेख गरेका छन । मधेश प्रदेशमा ३९५ प्रहरी इकाई कार्यलय मध्ये २९५ युनिटको आफ्नो भवन र एक सय प्रहरी युनिटको भवन नभएको जानकारी दिए ।

रौतहटमा ४६ स्वीकृत प्रहरी युनिटमा ४२ कार्यलय रहेकोमा ३० को जग्गा समेत नभएको उनको भनाइ छ । प्रहरी संगठनलाई आवास र भौतिक पुवधारमा अत्मनिर्भर बनाइ प्रहरीको क्षमता अभिवृद्धिमा प्रहरी प्रधान कार्यलयले ध्यान दिएको प्रहरी महानिरीक्षक कुँवरले बताए । नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बद्र्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए ।

उनले समाजमा शान्ति र सुरक्षाको सु–ब्यावस्था कायम गर्न र आपराधिक गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरूलाई निरुत्साहित गर्न कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई  निर्देशन समेत दिए। उनले  जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक, हिरासत ÷सैलुन, चमेना गृह तथा स्वागत कक्षको समुदघाट्न गर्नुका साथै  कार्यालयको परिसरमा बृक्षारोपण समेत गरेका छन ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ