श्रीमान श्रीमतीसहित तीनजना मृत फेला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पाल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र श्यामकलाकी श्रीमान् ५३ वर्षका अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ । श्रीमती आफ्नै घरको बिस्तरामा मृत र श्रीमान् अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै, रिव्दीकोट–२, दम्बक बस्ने ६५ वर्षका भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान कार्य चलिरहेको सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
drizzle
13° _ 13°
94%
2 km/h
शनि
13 °C
आइत
20 °C
सोम
20 °C
मंगल
22 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ